Connect IPS
IME Life

दुई कम्पनीको साधारण सभा भोलि हुँदै, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्सको साधारण सभा भोलि हुँदैछ । सबैको लघुवित्तले मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर, तनहुमा विहान ११ बजे सभा सुरु गर्ने जनाएको छ । सभामा कम्पनीले १० दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

संस्थाले सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । २७ गते शनिबार परेको छ । त्यसैले फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
Crest

सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षकको नियुक्तीलाई पनि अनुमोदन गर्नेछ । सभाले एक वा एकभन्दा बढी वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा पनि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

त्यसैगरी, सिर्जना फाइनान्सले उद्योग संगठनको सभाकक्ष विराटनगरमा बिहान ११ बजे साधारण सभा गर्ने लागेको छ ।

सभाले १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र ५७ लाख ५९ हजार ७५१ नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले कम्पनीको शेयर पूँजी संरचनालाई परिवर्तन गरी संस्थापकतर्फ ५२ र सर्वसाधारणतर्फ ४८ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश गत फागुन २७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS