Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको ऋणपत्रमा आवेदन दिने छिटो अवधिमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि चैत १३ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीले ८ वर्ष अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्कासन गर्न गरेको हो । कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मूल्यको रू। ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

Prabhu
Crest

निष्कासन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री खुला गरेको हो ।

उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS