Connect IPS
IME Life

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ४ स्थित रेशम माझीका परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो ।

५ लाखको जीवन हेरचाह बिमा गरेका माझीका परिवारलाई कम्पनीका एक नम्वर प्रदेशका उप क्षेत्रीय प्रबन्धक प्रदेश गुञ्जन थापा र कानेपोखरी गाउँपाकिलाका प्रमुख ताराबहादुर काफ्लेले सम्युक्त रुपमा पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

बीमा बापत पहिलो बिमाशुल्क तिरेको १२ दिनपछी माझीको मृत्यु भएको थियो । करेन्ट लागेर मृत्यु भएका माझीका परिवारलाई महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख रुपैयाँको पहिलो दाबी भुक्तानी दिइएको हो ।

अब अझै कम्पनीले प्रत्येक तिन महिनामा १२ हजार ५ सयका दरले १४ वर्षसम्म बच्चालाई पढाई खर्च बापतको रकम हस्तान्तरण गर्ने बताइएको छ । साथै बिमा अवधी समाप्त भएपछि पुन नगद ५ लाख र बोनश रकम समेत भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका प्रमुख काफ्लेले वास्तवमै बिमाले परिवारको आश्रीतको दोस्रो अभिभावकको भुमिका निर्वाह गरेको भन्दै कम्पनीलाई धन्यवाद ब्यत्तः गरेका थिए । उनले बिमा प्रति पछिल्लो समय चासो बढ्दै गएकाले बिमा गरेर बचत साथै जोखिम बहन कार्यक्रममा सहभागी बन्न समेत सबैलाई आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS