काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी एक अर्बको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयरको प्रस्ताव गरेको हो ।
कम्पनीले बोनस शेयर सहित ३.७८ प्रतिशत नगद लाभांसको पनि घोषणा गरेको छ । बोनस शेयर र नगद लाभांसमा लाग्ने कर प्रयोजन सहित तीन करोड ७८ लाख रुपैयाँ नगद लाभांस दिने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवदेन स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । समितिबाट लेखापरिक्षण प्रतिवेदन पास भए पछि वार्षिक साधारणसभा आह्वान गर्ने छ ।