काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको बुधवार सम्पन्न संचालक समितिकोे बैठकले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित बोनस शेयर तथा नगद लाभांश बीमा समितिबाट स्वीकृत भई तथा कम्पनीको आगामी साधारण सभाले पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।
कम्पनीको हालको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ। बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब माथि पुग्नेछ ।