काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलमा प्रदेश कार्यालयको उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबि फुयालले उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
सोही उद्घाटनको अबसर अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रममा आई.एम.ई.लाइफमा यो आर्थिक वर्षको अर्ध वार्षिक समिक्षामा राम्रो कार्य गर्ने ४५ जना अभिकर्तालाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाल, सहायक महाप्रबन्धक ऋषि भक्त ढकाल ,तालिम बिभाग प्रमुख शरद ढुङेल, प्रदेश कार्यालय बुटवलका राजेन्द्र पन्थी लगाएतको उपस्थिति रहेको थियो ।