काठमाडौं । स्वावलम्बन लघुवित्तको साधारण सभा आज बस्ने भएको छ। सभा अम्रपासी, ब्याङ्केट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा कम्पनीले गत वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ पुग्नेछ । यसैअनुसार अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।
सभामा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि आजसम्म बुक क्लोज गर्दैछ । जसका कारण फागुन २७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।