Connect IPS
IME Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सँझौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र  नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले मंगलबार काठमाडौंमा आयोजित बिशेष समारोहकावीच सो बैंकिङ साझेदारी सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् । जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताए । यो सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीहरुले नेपाल बंगलादेश बैंक मार्फत उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवाहरु सरल र सहुलियतपूर्ण रुपमा प्रयोगगर्न पाउने उनले बताए ।

Prabhu
Crest

दुईसंस्थावीचको सहमतिपश्चात महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गकालागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्ने छ । यस वाहेक बैंकले उपलब्ध गराउने सवैखालमा बैंकिङ सेवाहरु सरलर सहज रुपमा उपलब्ध गराउन पनि बैंकलेसहयोग गर्ने छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीति अनुरुप महासंघले पहिलो चरणमा नेपाल बंगलादेश बैंकसँग बैंकिङ सहकर्यको सम्झौतामा हस्ताक्षर गरेको हो । महासंघले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग समेत यस किसिमको सम्झौता गदै जाने जनाएको छ ।

नेपाल सनुचाँदी ब्यवसायी महासंघ मुलुकभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । महासंघ अन्तर्गत देशभरका ६५ भन्दा बढी जिल्ला, नगर तथा एशोसिएट्स सदस्य छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS