काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक देवकुमार ढकालले पाएका छन् । यस अगाडि डा. गुणाकर भट्टले प्रवक्ताको जिम्मेवारी बहन गर्दै आएका थिए । भट्टले १४ महिनासम्म प्रवक्ताको रुपमा काम गरेका हुन् ।
राष्ट्र बैंकले पछिल्लो समय कार्यकारी निर्देशकहरुको जिम्मेवारी परिवर्तन गर्ने क्रममा भट्ट अनुन्धान विभागबाट बैंक तथा सुपरिवेक्षण विभागमा पुगेका छन् । हाल देव कुमार ढकाल भने बैंक तथा वित्तीय संस्थाको नियमन विभागका प्रमुख छन् ।
कोभिड संक्रमणको कठिन समयमा पनि भर्चुअल माध्यमबाट सम्बाद तथा अन्तर्क्रिया एवम् विचार आदान प्रदान गर्दै आफ्नो दायित्व निर्वाह गरेको भट्टले उल्लेख गरेका छन् । उनले असहज अवस्थामा पनि सबैले धर्यता प्रदान गर्दै सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका छन्