काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले घोषणा गरेको ११.५ प्रतिशत नगद लाभांस आजसम्म शेयर खरिद गर्नेले प्राप्त गर्न सक्ने छन् । कम्पनीले चैत २३ गते २७ औ वार्षिक साधारणसभा गर्दै छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको हो । बुक क्लोज भोलि बुधबारदेखि हुने भएकाले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।
सभामा लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ /७७ को नाफा, नोक्सान, हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावीमा संशोधन गर्ने लगायतका प्रस्ताव छन्