काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा हुनुको साथै शेयर सूचिकृत समेत भएको छ । वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त मर्ज भएपछि ग्रामिण स्वयंसेवक लघुवित्त तर्फको ५ लाख ७ हजार ४ सय २० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ को अनुपातमा गाभिएका हुन् ।
आज चैत ८ गतेबाट सुचिकरण तथा मर्जर प्रयोजनका लागि रोक्का भएको संस्थाको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।