काठमाडौं । सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिक प्रा.लि. बीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने जनाएको छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।