काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले बढेर २,५३८ दशमलव ४६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपूचकमा हरियाली छाएको छ । आज दिनभरिमा २ सय ६ वटा कम्पनीको १ करोड २४ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको शेयर करोबार भएको छ । आज बैंकको ३९ करोड९० लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल लाइफको ३१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्रको २१ करोड १८ लाखभन्दा बढीको शेयर करोबार भएृको छ ।
त्यस्तै, आज मिथिला लघुवित्त, स्वरोजगार लघुवित्त, सूर्योदय लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।