Connect IPS
IME Life

मिथिला लघुवित्तको साधारण सभा चैत २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा चैत २९ गते गर्ने भएको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाम, धनुषामा बिहान ११ बजेबाट शुरु हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा संस्था अन्य कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको कार्यलाई निरन्तरता दिने, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसैले चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS