Connect IPS
IME Life

एक महिनामा ७७ हजार नयाँ लगानीकर्ता थपिए, ८० प्रतिशतले लिए अनलाइन सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोस्रो बजार ‘नेपाल स्टक एक्सचेन्ज’मा एक महिनाको अवधिमा ७७ हजार २५३ जना नयाँ लगानीकर्ता थपिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवारसम्ममा ६ लाख २७ हजार सक्रिय लगानीकर्ता रहेका छन् । ठिक एक महिना अगाडि दोस्रो बजारमा सक्रिय लगानीकर्ता ५ लाख ५० हजार जना थिए । ‍

शुक्रवारसम्म कायम सक्रिय लगानीकर्ताहरु मध्ये झण्डै ८० प्रतिशतले अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिएका छन् । युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४ लाख ९९ हजार जना पुगेका छन् । यिनिहरु मध्ये २ लाख ४३ हजार जना दोस्रो बजारमा सक्रिय रहेको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

ठिक एक महिना अगाडि अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिनेको संख्या तीन लाख ७६ हजार जना थिए । विगत एक वर्षदेखि दोस्रो बजारमा सुधार भैरहेको छ । बजारमा सुधार देखिए सँगै अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढिरहेको नेप्सेले जनाएको छ ।

बजार सुधार भएको बेलामा दोस्रो बजारबाट उचित लाभ लिने भन्दै लगानीकर्ताको सक्रियता बढेको हो । सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता नासा सेक्युरिटिजमा ४८ हजार ४१३ जना रहेका छन् । अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिए पनि सक्रियता पुर्वक अनलाइनबाटै कारोबार गर्नेको संख्या भने तुलनात्मक रुपमा कम रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS