काठमाडौं । नेप्से ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । ट्रेडिङ बाहेक अन्य सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।आज २ सय १३ सय वटा कम्पनीको १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल बंगलादेशको ७६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राकोे २१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, नेपाल लाइफ, नेपाल पुनर्बीमा कम्पनी, अपर तामाकोशी, नेको इन्स्योरेन्स, नबिल बैंक, शिव्म सिमेन्ट्स, शिखर इन्स्योरेन्स र हाईड्रो इलेक्टेसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कारोबार गरेका छन् ।