काठमाडौं । तीन हाइड्रोपावर कम्पनीले एक अर्ब ८ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सयपत्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ९ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ ।
त्यस्तै बलेफी हाइड्रोपावरले पनि प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ३६ करोड ५५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको हो । ग्रिन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।े
सयपत्रीको आइपिओ निष्काशन तथा बिक्रि प्रवन्धकमा एनआबिएल एस क्यापिटल रहेको छ भने बलेफीको ग्लोबल आइएमई र ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
बोर्डले अनुमति दिए पछि तीन वटै सर्वसाधारणका लागि शेयर जारी गर्ने छन् । जलविद्युत कम्पनीले सबैभन्दा पहिला प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर जारी गर्नु पर्छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर जारी भए पछि मात्रै सर्वसाधारणका लागि जारी हुनेछ।