काठमाडौं । मेरो शेयर र डिम्याट खाताको शुल्क फोन पे, आइएमई पे र प्रभु पेबाट पनि भुक्तानी गर्न पाइने भएको छ । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर र डिम्याट खाताको वार्षिक नविकरण शुल्क भुक्तानीका लागि नयाँ डिजिटल माध्यम थप गरेको हो ।
हाल इसेवाबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था रहेकोमा सिडिएससीले एकै पटक तीन वटा डिजिटल भुक्तानी प्रणालीलाई जोड्ने भएको हो । सिडिएससीले तीन वटै भुक्तानी प्रदायकसँग संझौता गरिसकेको छ । केहि दिन भित्रै शेयरधनीहरुले यि माध्यमबाट वार्षिक नविकरण शुल्क भुक्तानी गर्न पाउने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।