काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले प्रकाशन गरेको फागुन महीनाको वित्तीय विवरण अनुसार फण्डको एनएभी वृद्धि भएको हो ।माघ महीनामा योजनाको एनएभी १५ रुपैयाँ ५ पैसा रहेकोमा फागुन महीनामा वृद्धि भएर १७ रुपैयाँ ५ पैसा पुगेको हो । उक्त योजनाले फागुन मसान्तसम्ममा ५८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
उक्त योजनाले फागुन मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेन्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. ६० करोड ८९ लाख १२ हजार रहेकोमा यसको बजार मूल्य १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
उक्त योजनाले फागुन महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै एनएभी नाफामा बढेको देखिन्छ ।