Connect IPS
IME Life

एनआईसी एशियाले मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी आजदेखि बिक्री खुल्ला गर्दैछ । संस्थाले ५ लाख ८९ हजार ४ सय ३८ कित्ता संस्थपक शेयर प्रति कित्ता न्यूनतम मूल्य ४ सय ३७ रूपैयाँमा बिक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरको न्यूनतम मूल्य ४ सय ३७ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

शेयर खरिद गर्न ईच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र २०७८ बैंशाख ७ गते बैंकिङ समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट दर्ता भइसक्नुपर्नेछ । कुनै शर्त राखी पेश भएको वा रीत नपुगेको वा म्याद नाघी आएको बोलपत्रलाई मान्यता नदिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS