काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । भोजपुर जिल्ला षडानन्द नगरपालिकास्थित ४.७ मेगावाटको चिरख्वा हाइड्रोपावर कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १२ करोड रुपैंयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर( आइपीओ) निष्काशन गर्न लागेको हो ।
जसका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नका लागि सम्झौता गरेको छ ।
सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावर कम्पनीका सञ्चालक केदारनाथ कार्की र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।