काठमाडौैं । एशियन लाइफ इन्स्स्योरेनस कम्पनीको जावलाखेल शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतक मोहन कृष्ण महर्जनको परिवारलाई बीमा दाबी वापतका रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतककको श्रीमती नक्कली महर्जनलाई मृत्यु बीमा दाबी वापत ५ लाख ३० हजार रुपैयाँ र मासिक शैक्षिक सुविधा अन्तर्गत ३ महिनाको बच्चा बालिग नहुन्जेलसम्म ९ हजार रुपैयाँ चेक निजको परिवारलाई प्रदान गरेको छ ।
गोदावरी १४ हाडेगाँउका वडाअध्यक्ष जगन्नाथ महर्जन, मृतककको आफन्त, समाजसेवी डा. अष्टमानकिसी महर्जन र कम्पनीको तर्फबाट कर्मचारी र अभिकर्ताको उपस्थितीमा उक्त चेक मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो ।