काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से २ दशमलव ५६ अंकले बढेर २३९१ दशमलव ७४ को विन्दुमा कायम भएको छ ।आज २ सय १६ सय वटा कम्पनीको ९० लाख १२ हजार ८ सय ५३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् भने जोशी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, घलेम्दी हाईड्रोपावर, ग्रिन लाइफ हाईड्रोपावर, खाँनीखाला हाईड्रोपावर, सिद्धार्थ स्किम ग्रोथ स्किम–२, हाईड्रो इलेक्टिसिटि एण्ड डेभलपमेन्ट, दिव्यश्वरी हाईड्रोपावर, युनियन हाईड्रोपावर र स्र्पोट माईक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।