काठमाडौं । फर्स्र्ट माइक्रोफाइनान्सले चैत ३ गते (आज) देखि संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २ सय ७५ रुपैयाँमा यो शेयर बिक्री खुला गरेको हो ।लगानीकर्ताले यसलाई न्यूनतम आधार मूल्य मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको शेयरमा बैशाख ६ सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।इच्छुक लगानीकर्ताले यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र बैशाख ७ गते बिहान १० बजे मुक्तिनाथ कमलादी, काठमाडौँमा खोलिने भएको छ ।