काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । उक्त अवधिमा पूर्ण आवेदन नपरेकाले अब चैत १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले फागुन २८ गतेदेखि कम्पनीले ८ वर्ष अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मूल्यको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री खुला गरेको हो ।
ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि(आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।