काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से १८ दशमलव ०७ अंकले घटेर २३८९ दशमलव १९को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल ,टरिजम र उत्पादनमूलक क्षेत्र, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।
आज २ सय १२ सय वटा कम्पनीको ९६ लाख ४ हजार ५ सय २९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९५ प्रतिशतले कमाएका छन् भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, पंञ्चकन्या माई हाईड्रोपावर, आँखु खोला हाईड्रोपावर, महुली समुदायिक लघुवित्त, नेपाल हाईड्रो डेभलपर, युनियन हाईड्रोपावर, जोशी हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर र सिटिजन म्युचुअल फन्डका इकाईधनीले नाफा कमाएका छन् ।