IME Life

सरकारलाई चुनौती दिँदै नयाँ पुनर्बीमा कम्पनी खोल्ने तयारी, संख्या धेरै हुँदा राज्यलाई कति जोखिम ?

SPIL
NIC ASIA

काठमाडौं। एकै पटक धेरै पुनर्बीमा कम्पनी आउदा राज्यलाई जोखिम हुने विश्लेषण हुन थालेको छ । पछिल्लो समय नयाँ पुनर्बीमा कम्पनी खोल्ने भन्दै चार वटा कम्पनीहरुले तयारी गरिरहेका छन्। नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनी प्रयाप्त नभएको भन्दै दोस्रो पुनर्बीमा कम्पनी खोल्नु पर्ने बहस सुरु भए सँगै चार वटाले तयारी गरेका छन्।

यदि सरकारले चार वटै पुनर्बीमा कम्पनीलाई अनुमति दिने हो भने राज्य नै सबैभन्दा धेरै जोखिममा पर्ने विज्ञहरु बताउछन् । बीमा जोखिम बहन गर्ने क्षेत्र हो । त्यसमा पनि पुनर्बीमा कम्पनी बीमा कम्पनीहरुले लिएको जोखिम बहन गर्ने अर्को तह हो । बीमा कम्पनीहरु आफैले सम्पुर्ण जोखिम बहन गर्न सक्दैनन् । बीमा कम्पनीले लिन नसकेको जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्छन् ।

Prabhu
Crest

पुनर्बीमा कम्पनीले पनि अन्य पुनर्बीमा कम्पनीमा रेट्रोसेसन गर्छन् । यसरी एउटा बीमा कम्पनीले लिएको जोखिम विश्वभरका पुनर्बीमा  कम्पनीमा फैलिन्छ । धेरै वटा पुनर्बीमा कम्पनी हुँदा  देश भन्दा बाहिरका दुर्घटनाको जोखिम नेपालमा पनि पर्छ । धेरै वटा पुनर्बीमा कम्पनी स्थापना हुने वित्तीकै उनिहरु विदेशी बजारमा जान्छन् । उनिहरु अन्य देशका बीमा कम्पनीहरुबाट जोखिम भित्र्याउने भएकाले ति देशमा घट्ने घटनाको भार नेपाली पुनर्बीमा कम्पनीमा पनि पर्न जान्छ ।

पुनर्बीमा व्यवसाय धेरै नै प्राविधिक विषय हो। सानो मात्रै गल्तीले क्षण भरमा कम्पनी डुब्न सक्छ । व्यवसाय लिनका लागि अन्तर्राष्ट्रिय मार्केटिङ गर्नै पर्छ । विदेशी बीमा कम्पनीहरुबाट लिएको जोखिमको मूल्याङ्कन गर्नु पर्ने भएकाले दक्ष जनशक्तीको आवस्यकता पर्छ । नेपालमा यि दुबै पक्ष कमजोर छ ।

नेपालमा थप दुई वटा पुनर्बीमा कम्पनी मात्रै आवस्यक रहेको प्रस्तावित काठमाडौं रिइन्स्योरेन्सका योजनाकार रमेश कुमार भट्टराईको तर्क छ । नेपाल सरकारले प्रस्तावित कम्पनीहरु मध्ये पुनर्बीमा कम्पनीमा काम गरेको अनुभव भएका व्यक्ति तथा दक्ष जनशक्ती भएको कम्पनीलाई छानेर मात्रै अनुमति दिनु पर्ने अन्यथा भोलिका दिनमा पुनर्बीमा कम्पनी राज्यकै लागि बोझ हुने भट्टराईको विश्लेषण छ ।

एक मात्रै पुनर्बीमा कम्पनीमा दक्ष जनशक्ति नहुँदा राज्यले आश्रय दिनु परेको छ । राज्यले सम्पुर्ण बीमा कम्पनीहरुलाई आफुले धारण गरेको जोखिमको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीलाई दिनै पर्ने व्यवस्था छ । पुनर्बीमा कम्पनीले अहिले भैरहेको व्यवसायलाई पनि क्यास गर्न नसकेकोले थप एक दुई वटा कम्पनीको मात्रै आवस्यकता रहेको प्रस्तावित जेन्यून रिइन्स्योरेन्स कम्पनीका योजनाकार तथा बीमा समितिका पुर्व निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की बताउछन् । उनका अनुसार नेपाल पुनर्बीमा कम्पनीले धारण गरेर बाँकी रहेको केहि व्यवसाय र पुनर्बीमा कम्पनीकै विजनेसबाट एउटा कम्पनी चल्न सके पनि धेरै वटा पुनर्बीमा कम्पनी आउदा जोखिम भने बढ्ने उनको विश्लेषण छ ।

किन आउन चाहिरहेका छन् नयाँ पुनर्बीमा कम्पनी

नेपालमा खासै बजार छैन भन्ने थाहा पाउदा पाउदै पनि केहि समुहहरु पुनर्बीमा कम्पनीको स्थापना लागि प्रतिद्धता माग गरिरहेका छन् । केहि समय अगाडि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रममा अर्को एउटा पुनर्बीमा कम्पनीको आवस्यकता हो कि होइन भन्दै प्रश्न गरेका थिए । हो या होइन भनेर छोलफल गर्न आवस्यक रहेको भन्दै उनले दिएको अभिव्यक्ति पछि केहि समुह नयाँ कम्पनी खोल्न लविङ गर्दै हिडेका थिए । यसै सन्दर्भमा केहि कम्पनीले बीमा समितिमा नयाँ पुनर्बीमाको प्रस्ताव सहित दर्ता समेत गर्न भ्याएका छन् ।

एउटा समुहले नयाँ कम्पनीको लागि प्रस्ताव आह्वान गरे सँगै अन्य समुह पनि तयारीमा जुटेका हुन् । हालसम्म अन्नपुर्ण रि, प्रुडेन्सियल रि, जेन्यून रि र काठमाडौं रिले तयारी गरिरहेका छन्। तयारीमा रहेका चार वटै कम्पनीहरुले माग गरेको भन्दा धेरैका लागि प्रतिवद्धता पनि पाइसकेका छन् ।

चार वटै कम्पनीहरुले आह्वान गरेको ३० अर्ब भन्दा माथिको लागि प्रतिवद्धता पाउनुका पछाडि एक मात्रै पुनर्बीमा कम्पनी ‘नेपाल पुनर्बीमा कम्पनी’ले दोस्रो बजारमा हासिल गरेको बजार मूल्य नै हो ।

प्राथमिक शेयर निष्काशन गरेको ६ महिनामै १०० रुपैयाँको शेयर १७ सय पुग्यो । नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारको मूल्यबाट प्रभावित लगानीकर्ताले प्रस्तावित पुनर्बीमा कम्पनीमा आफ्नो क्षमताले भ्याएसम्म प्रतिवद्धता दिदै हिडेका छन् ।

नेपाली बीमा कम्पनीले अति उच्च जखिम भएका क्षेत्रको ०.५ प्रतिशत पनि बहन गर्दैनन्। यदि दुई चार वटा पुनर्बीमा कम्पनी र समग्र बीमा कम्पनीहरुले हवाइ जहाज तथा ठुला पुर्वाधारको ५ प्रतिशत मात्रै जोखिम बहन गर्न सके भने पनि राम्रो हुने श्रीमान कार्की बताउछन् । प्रस्तावित केहि पुनर्बीमा कम्पनीहरुले पुर्व अध्ययन गरेर अगाडि बढेको बताए पनि कसैको पनि ठोस योजना छैन । सबैले विदेशी बजारबाट व्यवसाय ल्याउने भन्दै लगानीकर्तालाई आकर्षित गरे पनि उनिहरु सँग न त दक्ष जनशक्ति छ न त रणनीतिक योजना छ ।

कसरी जोखिम

विश्वमा घट्ने ठुला ठुला दुर्घटनाको सबैभन्दा ठुलो प्रभाव पुनर्बीमा कम्पनीमा पर्छ । आधी, भुइचालो, सुनामी, खडेरी, आगलागी, हुलदंगा, आतंकवाद, बम विस्फोट, गृह युद्ध हुँदा जनधनको ठुलो क्षति हुन्छ । पछिलो उदाहरण कोभिड १९ का कारण अधिकाम्स पुनर्बीमा कम्पनी नोक्सानमा देखिएका छन् ।

यदि नेपाल भित्रै ४/५ वटा पुनर्बीमा कम्पनी रह्यो भने विश्वकै जोखिम एकिकृत भएर नेपालले ठुलो क्षति बहन गर्नु पर्छ । यस सन्दर्भमा ठुला ठुला दाबी तिर्नु पर्दा कम्पनी नै टाट पल्टिने अवस्था आउन सक्छ । एउटा कम्पनी मात्रै टाट पल्टिदा राज्यलाई खासै जोखिम हुँदैन । तर १० अर्ब भन्दा माथिका ४ वटा कम्पनी टाट पल्टिदा राज्यकै अर्थतन्त्र धरासायी हुन सक्ने विश्लेषकहरु बताउछन् । अहिले कम्पनी खोल्न दिएर केहि सयम अन्तर्राष्ट्रिय मुद्रा भित्र्याउनु मात्रै ठुलो कुरा होइन भोलि सिमा बाहिरका ठुला ठुला दुर्घटनाको जोखिम राज्यले बहन गर्नु पर्दा अत्याधिक चुनतीपुर्ण हुन्छ ।

कतिपय प्रस्तावित पुनर्बीमा कम्पनीहरुले नेपालकै जोखिम लिन सकिने बताउदै आएका छन् त्यसमा पनि नेपाल पुनर्बीमा कम्पनीकै जोखिम पनि लिन सक्ने उनिहरुको योजना छ । यदि देश भित्र ठुलो दुर्घटना भयो जस्तो, २०७२ सालको भन्दा ठुलो भुइचालो गयो भने नेपालका पुनर्बीमा कम्पनी नै टाट पल्टिने अवस्था आउछ । विदेशी मुद्रा बाहिरियो भनेर राज्यले धेरै वटा पुनर्बीमा कम्पनी खोल्ने कन्सेप्ट सबैभन्दा घातक हुने विश्लेषकहरु बताउछन् । नेपाल भित्रकै कम जोखिम भएका व्यवसाय नेपाल आफैले धारण गर्ने र बाँकी ठुला जोखिम विदेशी पुनर्बीमा कम्पनीमा पढाउदा बढि विवेक पुर्ण हुने उनिहरुको तर्क छ । यसका लागि एक दुई वटा पुनर्बीमा कम्पनी प्रयाप्त हुने उनिहरुको सुझाव छ ।

नयाँ पुनर्बीमा कम्पनीलाई विदेशबाट व्यवसाय ल्याउन समस्या

अहिलेसम्म नेपालको रेटिङ हुन सकेको छैन । नेपालकै रेटिङ नहुँदा पुनर्बीमा कम्पनीको रेटिङमा पनि समस्या परिरहेको छ । त्यसमा पनि नयाँ आएका पुनर्बीमा कम्पनीहरुले सुरुमै राम्रो रेटिङ पाउन सक्दैनन् । राम्रो रेटिङ नहुने वित्तीकै नेपालले राम्रो विजनेस ल्याउन सक्ने सम्भावना एकदमै न्यून छ । प्रस्तावित कुनै पनि पुनर्बीमा कम्पनीले युरोप अमेरिकाबाट व्यवसाय ल्याउन सक्दैनन् । नेपालले ल्याउने विजनेस सबैभन्दा धेरै जोखिम पुर्ण व्यवसाय मात्रै हुन्छ । धेरै जोखिम भएका व्यवसाय युरोप अमेरिकाका पुनर्बीमा कम्पनीले लिन मान्दैनन् । यसले गर्दा कमजोर पुनर्बीमा कम्पनीले मात्रै त्यस्ता व्यवसाय पाउछन् । यो नै सबैभन्दा धेरै जोखिमपुर्ण छ ।

पुनर्बीमा कम्पनीहरुले एजेन्ट तथा ब्रोकर मार्फत अन्य देशको व्यवसाय ल्याउनु पर्ने हुन्छ । ब्रोकर तथा एजेन्टले नयाँ पुनर्बीमा कम्पनीहरुलाई पत्याउदैनन् । पत्याइहाले भने पनि धेरै जोखिम भएका व्यवसाय मात्रै दिन्छन् ।

बीमा समिति आफैले पनि नेपाली बीमा कम्पनीलाई कमजोर रेटिङ प्राप्त पुनर्बीमा कम्पनीमा पुनर्बीमा नगर्न निर्देशन दिएको छ । यस्तो नियम अन्य देशका नियामकले पनि लागु गर्ने भएकाले तत्काल उनिहरुले राम्रो व्यवसाय पाउन सक्दैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS