काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न दुईवटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।नेप्सेमा महिला सहयात्रा लघुवित्त र सिर्जना फाइनान्स कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरिएको हो ।
नेप्सेमा महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार १ सय ४५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य एक हजार २ सय ५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै, सिर्जना फाइनान्स कम्पनीको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १ सय ८५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।