काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्युनतम ३ दशमलव ७५ प्रतिशतदेखि अधिकतम ५ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, फिक्स डिपोजिटमा ५ दशमलव ६० प्रतिशतदेदि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।