IME Life
GBIME

आजदेखि ग्लोबल आइएमई बैंकको ऋणपत्र विक्री खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आजबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/ ८७’ नाममा ऋणपत्र निष्काशन गरेको हो ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।

Crest

बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रमा आज चैत्र १ गते,बाट छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS