Connect IPS
IME Life

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुल्ला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आजबाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ ।लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न ईच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले आज फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ र घोराही केन्द्रबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS