काठमाडौं । कुमारी ईक्वीटी फण्डमा मागभन्दा बढी आवेदन परेको छ ।फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म निष्काशन भएको उक्त फण्डमा माग भन्दा ३५ प्रतिशतले बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।संस्थाले प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित दरको ८ करोड इकाईहरु निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले लगानीकर्ताले देखाएका विश्वसनियतालाई आगामी दिनहरुमा राम्रो प्रतिफल दिन प्रयत्न गर्ने जनाएको छ ।