काठमाडौं । नेप्सेमा नबिल बैंक र अरुण काबेली हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंकको ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बैंकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट ३३ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । ३३ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १३ अर्ब ४८ करोड पुगेको हो ।
त्यस्तै, अरुण काबेली हाइड्रोपावर ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५ दशमलव ७१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।