काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ५० प्रतिशत हकप्रद शेयर चैत ८ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने भएका छन्। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि चैत ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ।
कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर जारी गर्दैछ। गत पुस ८ गते सम्पन्न २३ औ वार्षिक साधारणसभाले एक बराबर ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरिसकेको छ। दोस्रो बजारमा कम्पनीको शेयर मुल्य ३५७ रुपैयाँ रहेको छ।