काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संचालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् ।कम्पनीको फागुन २५ गते सम्पन्न संचालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।
अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो।