काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।कम्पनीले नागरिक लगानी कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको जनाएको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १ हजार ५०२ दशमलव ५० तोकिएको छ ।आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिन्छ भने अधिकतममा कुनै हद रहेको छैन् ।