Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले पाँच कम्पनीको लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाल टेलिकम, सबैको लघुवित्त, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स, र महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी विभिन्न पाँच कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ गते र चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । फागुन २७ गते विहीबार शिभरात्री परेको हुनाले फागुन २६ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

Prabhu
Crest

महिला सहयात्रा लघुवित्तले चैत्र १८ गते साधारणसभा आह्वान गरेको छ । संस्थाले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, सिर्जना फाइनान्सले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १३ दशमलव ५९ प्रतिशत बोनस र ० दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

स्वाबलम्बन लघुवित्तले चैत्र ११ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १९ दशमलव ००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, सबैको लघुवित्तले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १० दशमलव ५० प्रतिशत बोनस र ० दशमलव ५५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नेपाल टेलिकमले चैत १३ गते १३औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS