काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
बोर्डले १ः० दशमलव ५ अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको हकप्रद शेयर प्रतिकित्ता १ सय रुपैयाँको दरमा जारी हुनेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तीनाथ क्यापिटललाई रहेको छ ।