काठमाडौं । उन्नति सहकार्य लघुवित्तले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर दिने भएको छ ।कम्पनीको आइतबार सम्पन्न संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १७ दशमलव ८१ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । उक्त बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन ।
राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र बोनस वितरण प्रक्रिया अघि बढ्नेछ ।