काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडे डिबेन्चर रजिष्टारमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार ‘९ प्रतिशत केएसबिबिएल डिबेन्चर २०८७’ निष्काशका लागि एनआइबिएल एस क्यापिटल नियुक्त गरिएको जनाएको छ ।
यस क्यापिटलले अब डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।