काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले (साविक सहयोगी विकास बैंक लिमिटेड) को लाभांश लिन बाँकी भएका शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । सहयोगी विकास बैंक लिमिटेडको विगत पाँच वर्ष भन्दा पुरानो लाभांश संकलन गर्न आग्रह गरेको हो ।
शेयरधनीहरुले आगामी ३५ दिनभित्रमा बैंकको शेयर रजिष्टार सिबिआईएल क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश संकलन गर्न सक्नेछन् । यदि ३५ दिनभित्रमा पनि लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुने समेत बैंकले जनाएको छ ।