Connect IPS
IME Life

ज्योति लाइफको प्राथमिक शेयरमा १० लाख ७० हजारको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा हालसम्म १० लाख ७० हजार जनाको आवेदन परेको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार हालसम्म २३ लाख २५ हजार कित्ताको लागि आवदेन परेको छ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारण समुह तर्फको ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो। कम्पनीले आफ्नो जारी पूँजी दुई अर्ब २० करोडको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैयाँ अंकित दरका ६६ लाख कित्ता निष्काशन गरिरहेको छ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारण समुह तर्फको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५९,४०,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

कम्पनीको प्राथमिक शेयर न्युनतम १० कित्ताका दरले ५ लाख ९४ हजारले शेयर पाउन सक्छन्। तर अहिलेसम्ममा १० लाख ७० हजारले आवदेन दिसकेकाले आवेदन दिन बाँकी लगानीकर्ताले १० कित्ताको लागि मात्रै आवदेन दिए पुग्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS