काठमाडौं । महुली लघुवित्तको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनश शेयर र १ दशमलव ०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।सोहि प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
संस्थाको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।