Connect IPS
IME Life

राष्ट्र बैंकले १२ अर्ब २६ करोड रुपैयाँको सरकारी ऋणपत्र बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ करोड रुपैयाँको सरकारी ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ। ९१ दिन अवधिको यो ऋणपत्र २०७८ जेठ २५ गते परिपक्व हुनेछ। उक्त ऋणपत्र फागुन २३ गते बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरु तथा बीमा कम्पनीहरुले डिस्काउन्ट रेटका लागि बोलकबोल गर्न सक्ने छन्। उक्त डिस्काउन्ट रेट मार्फतको आर्जनमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलकर्ताले अनलाइन मार्फत आवेदन दिन सक्ने छन्।

Prabhu
Crest

गत फागुन १७ गते जारी भएको ८ अर्ब १३ करोड रुपैयाँको सरकारी ऋणपत्रका लागि माग भन्दा तीन गुणा बढिको लागि आवेदन परेको थियो। राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको तीन अर्ब १३ करोड रुपैयाँ जारी गरेको थियो। अहिलेसम्मको अवस्थामा बैंक तथा वित्तय संस्थाहरु सँग प्रयाप्त तरलता भएकाले यस्ता ऋणपत्रमा माग भन्दा बढिको लागि आवेदन पर्ने गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS