IME Life
GBIME

फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा आज, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज फागुन २१ गते ८औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिले सभाको मिति तय गरेको हो । उक्त सभा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Crest

सभामा कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुनेछ ।

साथै सभामा कम्पनीको नाफा नोक्सान, हिसाब, बासलात लगायतका विभिन्न एजेण्डाहरु पारित गर्ते जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS