Connect IPS
IME Life

दुई सातामा १७२ अंकले घटेको शेयर बजारमा एकै दिन ९० अंकको सुधार, बजार पुरानै लयमा फर्कियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। विगत दुई सातामा १७२ अंकले घटेको शेयर बजारमा बिहीबार एकै दिन ९० अंकले घाटा पुर्ती गरेको छ। विगत एक वर्षदेखि लगातार सुधार भैरहेको शेयर बजारमा गएका दुई साता १७२ अंकले करेक्सन भयो। दुई साताको करेक्सन पछि बजार पुरानै लयमा फर्किएको छ।

दुई सातामा साना तथा ठुला लगानीकर्ताले नाफा बुक गर्दै आजदेखि पुनः शेयर उठाउन थालेका छन्। करेक्सनको समयमा शेयर उठाउने लगानीकर्ताले राम्रो मुनाफा आर्जन गरेका छन्। १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।

Prabhu
Crest

लगानीकर्ताले गएको दुई सातामा घटेको मूल्यलाई क्यास गर्न खोज्दा बिहीबार ९० अंकले सुधार भएको बजार विश्लेषक मुक्ति अर्याल बताउछन्। बजारले जहिले पनि सकारात्मक समाचारलाई मात्रै पछ्याउने भएकाले आजको राजनीतिक गतिविधिले लगानीकर्ताको मनोविज्ञान बढेको उनको विश्लेषण छ।

लगानीकर्ताले अहिलेसम्मकै अधिकतम बिन्दु २६४१ कायम हुँदा कायम भएको मूल्यलाई बेसलाइन बनाउदा यसैमा खेलिरहेका छन्। अझै केहि समय केपि शर्मा वलीकै निरन्तरता देखिएको र यहि राजनीतिक डिस्कोर्षले निरन्तरता पाउने विश्लेषणले पनि लगानीकर्ताको मनोविज्ञान थप बढिरहेको छ। गएका दिनमा नाफा बुक गरेका लगानीकर्ताले पुनः शेयर उठाउन थालेका छन्।

यहि चक्र अझै केहि समय लम्बियो भने विगतको अधिकतम बिन्दुलाई उझिन्न गाह्रो नपर्ने विश्लेषण गरिएको छ। गएका दुई सातामा डरले केहि पेनिक सेल भएको थियो। पेनिक सेलले करेक्सन देखिए पनि बिहीबारदेखि पुनः सुधार हुने लक्षण देखिएको छ।

फागुन र चैत महिनालाई शेयर बजारको अफ सिजनको रुपमा चिनिन्छ। तर बैशाख र जेठ महिनामा भने हरेक वर्ष  सुधार हुने गरेको पाइन्छ।  यसको अग्रिम प्रभाव अहिलेको शेयर बजारमा देखिन्छ। अहिलेको सानो तिनो करेक्सनको घाटा बेहोर्ने शक्ति लगानीकर्ताहरु सँग भएकाले पनि बजार सुधार हुँदा आक्रमक रुपमा बढेको पाइन्छ।

बिहीबार दोस्रो बजारमा ६ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ। बजार सुधार हुँदा लगानीकर्ताले बिक्री गर्न खोजेको देखिदैन। ठुला लगानीकर्ता अझै पनि यो समय शेयर किन्ने समय भएको बताउदै आएका छन्। अहिलेको बुलको अधिकतम विन्दु कायम हुन अझै समय रहेको भनिरहेका छन्।

दोस्रो बजार र व्याजदरको अन्तरसम्बन्ध सधै रहन्छ। बजारदरको न्युनतम विन्दुबाट विस्तारै सुधार हुने क्रममा छ। अहिले नै हेर्दा थोरैले मात्रै बढेको देखिए पनि यसको संकेत भोलिका दिनमा विस्तारै बढ्दै जाने हो। देखिने गरि व्याजदर नबढुन्जेल बजारलाई केहि टेवा पुर्याउने विश्लेषकहरु बताउछन्।

गएका दिनमा जसरी बैंकहरुले शेयर धितो कर्जाका लागि मार्केटिङ गरिरहेका थिए, आजका दिनमा त्यो क्रम घट्दै गएको छ। बजारका सकारात्मक र नकारात्मक दुबै पक्षलाई हेरेर लगानी गर्ने लगानीकर्ता नै स्मार्ट लगानीकर्ता हुन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS