काठमाडौं । सनराइज ब्लूचिप फण्डको इकाई चैत १ गतेदेखि निष्काशन तथा विक्री खुला हुने भएको छ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस फण्डले प्रतिइकाई १० अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।
कुल इकाईमध्ये कोष प्रवर्द्धकको रुपमा रहेको सनराइज बैंकलाई कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।
यस इकाई छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म सार्वजनिक निष्काशन हुनेछ । इकाई विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
यस इकाईमा विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट र मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनिआवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ ।