काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको माघ २६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिने एजेण्डा रहेको छ ।
सभामा स्वतन्त्र सञ्चालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पेश गरिने जनाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।