काठमाडौं । आज आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयरधनीले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको शेयर मुल्य ३९२ रुपैयाँ रहेको छ ।
त्यस्तै, हाइड्रो इलेक्टिसिटिका लगानीकर्ता, गुडविल फाइनान्स कम्पनी, नविल इन्भेष्टमेन्ट डिवेञ्चर २०८२, महालक्ष्मी विकास बैंक संस्थापक शेयरधनी, मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।