काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ७० अंकले बटेर २,४५५ दशमलव ३३ अंकको विन्दुका कायम भएको छ । आज ट्रेडिङ र होटल एण्ड टुरिजम उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै उत्पादनमुलक २ दशमलव ७६ प्रतिशतले घटेको छ ।
आज दिनभरिमा २ सय ८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँ शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ । आज कम्पनीको सर्वाधिक कारोबार हुँदा हुँदै पनि ६६ रुपैयाँले शेयर मुल्य घटेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १२ सय ७४ रुपैयाँ शेयर मुल्य रहेको छ ।
त्यस्तै, निफ्रको २४५ करोड ८० लाख रुपैयाँ शेयर कारोबार भएको छ । नेपाल बेंकको २२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयरधनीले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।